नियम ३०
जडीबुटी र अन्य वन पैदावारको लिलाम बिक्री
(१) नियम २९ मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले कुनै खास प्रजातिको जडीबुटीको सङ्कलन तथा बिक्री वितरण बोलकबोल प्रथाद्वारा सबैभन्दा बढी मूल्य कबोल गर्नेलाई दिने गरी तोक्न सक्नेछ।

(२) मन्त्रालयले अनुसूची-७ र अनुसूची-८ बमोजिमका जडीबुटी र वनस्पतिजन्य वन पैदावार /मध्ये कुनै खास वन पैदावार सो अनुसूची बमोजिमको मूल्यमा नघट्ने गरी सबैभन्दा बढी रोयल्टी प्रस्ताव गर्ने व्यक्ति: उद्योग, कम्पनी वा सहकारी संस्थालाई निश्चित अवधिका लागि,दिन सक्नेछ।

(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश मन्त्रालयले तोकेको प्रजातिका वनस्पतिजन्य वन पैदावार डिभिजनल वन अंधिकृतले बोलकबोल प्रथाद्वारा बिक्री वितरण गर्नु पर्नेछ।

(४) राष्ट्रिय ववनभित्र रहेको खनिजजन्य वन पैदावारको हकमा ऐनको दफा ४३ बमोजिम हुनेछ।

(५) राष्ट्रिय वन क्षेत्रभित्र बग्ने नदीबाट नेपाल सरकारले नेपाल : राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मापदण्ड र समयावधिको अधीनमा रही वातावरणीय अध्ययन प्रतिवेदनबाट तोकिएको परिमाणमा नदीजन्य ढुङ्गा, गिट्टी वा बालुवा सम्बन्धित डिभिजन वन कार्यालयको सिफारिसमा सम्बन्धित स्थानीय तहले खुला प्रतिस्पर्धाको माध्यमबाट सङ्कलन र बिक्री वितरण गर्न सक्नेछ।

(६) राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, राष्ट्रिय गौरवको आयोजना वा लगानी बोर्डबाट लगानी स्वीकृत भएको आयोजनाका लागि आवश्यक पर्ने नदीजन्य ढुङ्गा, गिट्टी वा बालुवा माग भएमा उपनियम (५) बमोजिम खरिद गरी बिक्री गर्ने व्यक्ति वा संस्थाले त्यसरी माग भए बमोजिमको ढुङ्गा, गिट्टी वा बालुवा त्यस्तो आयोजनालाई उपलब्ध गराएर मात्र अन्यत्र बिक्री गर्नु पर्नेछ ।

(७) उपनियम (५) र (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, राष्ट्रिय गौरवको आयोजना वा लगानी बोर्डबाट लगानी स्वीकृत भएको आयोजनाका लागि राष्ट्रिय वन भित्र: रहेको कुनै खास स्थानको नदीजन्य ढुङ्गा, गिट्टी वा बालुवा; आवश्यक पर्ने भएमा नेपाल सरकारले अनुसूची-८ बमोजिमको दस्तुर लिई उपलव्ध गराउन सक्नेछ ।